काठमाण्डौको तापक्रम ०.६ डिग्री, अझै ओरालो लाग्ने

काठमाण्डौ – आज (शनिबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो।

यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको उनले बताइन्। यसअघि बिहीबार काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ थियो।

अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। अहिले देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको उनले बताइन्। जसका कारण चिसो बढेर अहिले तराईको जनजीवन कष्टकर बनिरहेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराईको हुस्सु/कुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार