काजकिस्तानमा १०० जना यात्रु चढेको विमान दुर्घटनाग्रस्त भएको छ । बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।
आपतकालीन उद्धारकर्मीहरु अहिले घटनास्थल पुगेका छन् । दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा कोही जिवित रहे नरहेको बारे खुलाइएको छैन ।
उक्त विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूर–सुल्तानको लागि यात्रा गर्दै थियो।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले पीडितका आफन्तप्रति गहिरो शोक व्यक्त गरेका छन् ।