काठमाडौं : बिहान ८ः४२ मा पश्चिम र नैऋत्य कोणको बीचबाट सूर्यग्रहणले स्पर्श गरेको थियो। बिहान १०ः०१ बजे मध्य भएको ग्रहण ११ः३१ मा पूर्व र आग्नेय कोणको बीचबाट समाप्त भएको थियो।
आज बिहान लागेको खण्डग्रास सूर्यग्रहणको अत्यधिक ग्रहण समयमा काठमाडौं बत्तीसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यालय परिसरबाट १०ः०१ बजे देखिएको केही दृश्य यहाँ प्रस्तुत गरिएको छ।
आजको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका धेरै ठाउँबाट देखिएको छ।
तस्विरः मनिषा , नेपाल एष्ट्रोनोमिकल सोसाइटी










