काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियस, अन्य ठाउँमा कस्तो छ अवस्था ?

काठमाण्डाै – काठमाण्डाैकाे तापक्रम बिहीबार यो वर्षकै कम भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।

बुधबार २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैकाे तापक्रम बिहीबार बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो । बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार