फेरि उकालो लाग्दै सुन–चाँदीको भाउ

काठमाण्डौ – बुधबारदेखि स्थानीय बजारमा स्थीर रहेको सुन–चाँदीको भाउ सोमबार फेरि उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि सुनको मूल्य तोलाको ७१ हजार ६०० रुपैयाँमा स्थीर रहेको थियो । यसदिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार