छ किलो कोकिनसहित चार जना विदेशी पक्राउ

काठमाडौं। छ किलो कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संयुक्त टोलीले ६ किलो कोकिनसहित उनीहरूलाई पक्राउ गरेको हो।

ब्यूरोका एसएसपी बसन्तकुमार लामाका अनुसार विमानस्थलबाट ४ केजी कोकिनसहित २ जना र ठमेल क्षेत्रबाट २ केजीसहित थप दुईजनालाई पक्राउ गरिएको छ।

ब्यूरोले आज दिउँसो पत्रकार सम्मेलनमार्फत घटनाको सार्वजनिक गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार