ठमाडौं। नुवाकोटको बिदुर नगरपालिका–६ मुन्थलामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।मुन्थला चैनपुर सडकखण्डमा काम गर्ने कामदार बोकेको बा. २ क ७९१० नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा रसुवा नौकुण्डा गाउँपालिका–३ लाङटाङ बस्ने १९ वर्षीय सुदिप तामाङ र खोटाङ घर भएका १९ वर्षीय अनिल तामाङको मृत्यु भएको छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ।
घाइते छ जनालाई थप उपचारको काठमाडौं ल्याइएको छ।