अमेरिकालाई उत्तर कोरियाको चेतावनी-‘ठूलो मूल्य चुकाउनु पर्ला’

प्योङयाङ : उत्तर कोरियाले अमेरिकाको पछिल्लो अभिव्यक्तिमाथि कडा प्रतिक्रिया दिएको छ। शनिबार अमेरिकाको ‘खराब शब्द’ का कारण उसले ठूलो मूल्य चुकाउनु पर्ने चेतवानी दिएको हो।

शुक्रबार अमेरिकी रक्षासचिवले उत्तरसँगको कुटनीतिक वार्ता असफल भए लडाईँ लड्ने विकल्पसमेत रहेको बताएपछि उत्तरको यस्तो प्रतिक्रिया आएको हो। सचिव मार्क एस्परको अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा तनाव मात्र बढाउने उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। एस्परेले आफूहरू आवश्यक परेको खण्डमा लड्न र जित्नका लागि समेत तयार रहेको बताएका थिए।

उत्तर कोरियाले गत हप्ता अन्तर महादेशीय मिसाइल परीक्षण गरेको भन्दै अमेरिकाको उक्त भनाइ आएको हो। उत्तर कोरियाको चेतवानीसँगै प्योङयाङ र वासिङटन डीसीबीच तनाव बढ्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार