दाङ : लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेकी एक महिला पुन दाङबाट लागुऔषध कारोवार गरिरहेको अबस्थामा पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका ५ की शान्ता गिरी अदालतबाट धरौटीमा छुटेको केही समयमै पुन आगुऔषध कारोवारको अभियोगमा शनिबार पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।
उनले महिलाको गतिविधिको विषयमा बुझन सादा पोशाकका प्रहरीसमेत उनीसंग ग्राहक बनेर गएका थिए । उनीहरुले पनि गिरीबाट सामान किनेपछि नियन्त्रणमा लिइएको थियो । शान्ता गिरीलाई करिब ७ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको योगीले बताए । गिरीलाई उनकै घरबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनलाई ब्राउनसुगर कारोबार गरेको आरोपमा अदालतले पुक्र्षका लागि थुनामा पठाएको थियोे । केही हप्ता पहिले मात्रै उनी धरौटीमा छुटेकी अभियुक्त हुन् ।