काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको दुईबुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन्। काठमाडौँमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले दुईबुँदे सहमतिले पार्टी बीच सम्बादको थालनी हुने वातावरण बनाए पनि सरकारमा जाने वा समर्थन गर्ने बाटो नखुल्ने बताए।
संयोजक महतोलेले नेकपा र राजपाबीचको सहमतिले प्रदेश-२ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट विषय भने स्पष्ट पारेको बताए। उनले पछिल्लो दुईबुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात् सम्वादहीनताको अवस्था भने अन्त्य गरेको स्पष्ट परे।