धनुषा बम विस्फाेट : ज्यान गुमाउनेकाे संख्या तीन पुग्यो

धनुषा – धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फाेटमा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ । विस्फाेटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार मध्यरातमा भएको विस्फाेटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो । अन्य ५ जना घाइतेहरुकाे उचपार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार