पाँच वर्षमा ३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेद्वारा आयोजित ‘गुणस्तरीय शिक्षाः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई शुक्रबार बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १५ प्रतिशतमा झारिने बताए ।

सरकारका प्रवक्ताले भने, “पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने दोहो¥याए । “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उनले भने । भारतसँग १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक एक खर्बको निर्यात हुन सफल हुने उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार