हुम्लामा फेरि हिमपात, चिसो बढ्यो

हुम्ला – नौ दिनको अन्तरालमा हुम्लामा तेस्रो पटक हिमपात भएको छ । शुक्रबार दिनभरी बादल लागे पनि शनिबार बिहानबाट हिमपात सुरु भएको छ ।

शनिबार बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न सुरु भएको हो ।

हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार