सीमा मिचेको विरोधमा मसाल जुलुस

सन्धिखर्क : भारतले सीमा मिचेको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा शुक्रबार मसाल जुलुस गरेको छ। कालापानी, लिम्पीयाधुरा, लिपुलेकलगायतका स्थानहरु समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै मसाल जुलुस गरेको हो। मसाल जुलुस शान्ति बगैँचामा पुगेपछि प्रहरीले मसाल जुलस हस्तक्षेप गरेको थियो।

भारतीय विस्तारवाद मुर्दावाद, सीमा मिच्न पाइँदैन्, संघीयता खारेज गरलगायतका नारा लगाएका थिए। चुत्राबेसीबाट शुरु भएको मसाल जुलुससहितको प्रदर्शन चुत्राबेसी र सन्धिखर्कका विभिन्न ठाउँ परिक्रमा गर्दै शान्ति बगैचामा गएर कोणसभामा परिणत भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार