एजेन्सी – भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी नेपालका सीमा प्रयोग गर्छन् ।’
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अमित शाहले सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा पछिल्लो एक वर्षमा भारतमा घुसपैठको प्रयास गर्ने दुई पाकिस्तानीसमेत ५४ लाई पक्राउ गरिएको छ । यी व्यक्तिहरु पाकिस्तानसमेत २४ देशका नागरिक हुन् ।