आठ वर्षे बालकको युट्युब कमाई साढे दुई करोड डलर

एजेन्सी – इन्टरनेटमा कुन बेला को भाइरल हुन्छ, ठेगान हुँदैन । तर, भाइरल भएकाहरु कतिपय कमाइ पनि धेरै गर्ने गरेका छन् । यस्तै बालक हुन् ८ वर्षीय रेयान काजी । उनले आफ्नो यू–ट्यूब च्यानलबाट २०१९ मा २.६ करोड डलर कमाएका छन् ।

फोब्र्सले युट्युब प्लेटफर्ममा सर्वाधिक कमाइ गर्ने यू–ट्यूबका रुपमा काजीलाई उल्लेख गरेको छ । फोब्र्सका अनुसार सन् २०१८ मा २.२ करोड डलरको आम्दानी गरेर सर्वाधिक पैसा कमाउने यू–ट्यूबर बनेका थिए ।

रेयान खेलौनाको अनबक्सिङ तथा यसलाई खेल्दै गर्दा एउटा सानो भिडियो बनाउँछन् र उनको माता–पिता यसलाई यू–ट्यूबमा अपलोड गर्ने गर्छन् ।

च्यानलमा अब खेलौनका अतिरिक्त शैक्षिक भिडियो पनि राख्न थालिएको छ । रेयानका माता–पिताले २०१५ मा उनको च्यानल रेयान्स वल्र्ड गरेका थिए भने यो च्यानलमा रेयानका पहिले देखिनै २.२९ करोड युजर्स छन् ।

एनालाइटिक्स वेबसाइट सोशल ब्लेडको आंकडा अनुसार रेयानको कैयौं भिडियोको एक अर्ब भन्दा पनि बढी भ्यूज रहेको छ । उनको च्यानल बनेपछि अहिलेसम्मको अवधिमा करिब ३५ अर्ब भ्यूज मिलिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार