भारत – भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन पारित गरेपछि त्यसको विरोधमा सर्वसाधारणहरु उत्रिँदा दिल्लीका २० वटा मेट्रो स्टेशन बन्द गरिएको छ।
बिहीबार स्थानीय प्रशासनले निशेधाज्ञा (चारजना भन्दा बढी भेला हुन नपाउने व्यवस्था) लगाए पनि स्थानीयहरुले भोपाल, चन्ढीगढ, कोलकाता, बेंङ्लुरुको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। यसपछि मेट्रोस्टेशन बन्द गरिएको हो।
गएको हप्ता कानुनी रुप पाएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन अनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइने छ। तर यसमा मुस्लिमहरुलाई भने समेटिएको छैन। कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ।
एजेन्सी