२ डीआईजीको सरुवा, विश्वराज पोखरेल मेट्रोमा

काठमाडौ‌ं- गृह मन्त्रालयले नेपाल प्रहरीका दुई नायब महानिरिक्षक-डीआईजीको सरुवा गरेको छ। डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी (मेट्रो) सरुवा गरिएको छ। पोखरेलले अब मेट्रोको नेतृत्व गर्नेछन्।

यसअघि उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रहेका थिए। यसैगरि मेट्रोमा रहेका डीआईजी शैलेस थापा क्षेत्रीलाई प्रहरी महानिरिक्षकको सचिवालय सरुवा गरिएको छ।

सचिवालयमा सरुवा भएसंगै डीआईजी थापाले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन्। करिब डेढ बर्ष अगाडी एसएसपी हुँदापनि डीआईजी थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार