रहेनन् हाँस्य कलाकार आनन्द थापा

काठमाडौं : कलाकार दीपक क्षेत्री र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले चलचित्र क्षेत्र नै शोकमा डुबिरहेको बेला मंगलबार राती हाँस्य कलाकार आनन्द थापाको पनि निधन भएको छ।

८० वर्षीय थापाको गएराति निधन भएको हो। उनको आजै पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनले ‘मनको बाँध’, ‘कान्छी’, ‘मायाप्रीती’, ‘प्लान’, ‘राज’ लगायतका थुप्रै फिल्महरुमा अभिनय गरेका थिए। साथै उनले दर्जन बढी टेलिसिरियलमा पनि अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार