महानगरले डायलाइसिसको लागि सैनिक अस्पतालसँग सम्झौता गर्दै

काठमाडौं :  महानगरपालिकाले डायलाइसिसको लागि सैनिक अस्पताल सँग सम्झौत गर्ने भएको छ । महानगरले आज सैनिक अस्पतालसंग मिर्गौलाका बिरामीहरुको डायलासिसका लागि सम्झौता गर्न लागेको हो ।

महानगरपालिकाले डायलासिस उपचारका लागि तत्काल तीन करोड रूपैयाँ छुट्याएको छ । महानगरबासी विपन्न मृगौला बिरामीको उपचारमा सहज होस् भनेर महानगरले योजना अगाडि सारेको हो ।

हाल सैनिक परिवारले मात्रै उपचार पाउँदै आएको सैनिक अस्पतालमा सम्झौतापछि महानगरवासीले पनि डायलासिसको सुविधा लिन सक्नेछन् । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरले अस्पताललाई अनुदान दिने र त्यसवापत विपन्नले सुविधान पाउने गरी सम्झौता हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार