पानीभित्र छोरी जन्माइन् यी अभिनेत्रीले

एजेन्सी– मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन पहिले आफ्नी छोरीलाई जन्म दिएकी छिन् । सँगसँगै उनले आमा बनेपछि छोरीलाई जन्म दिँदाको अनुभव सामाजिक सन्जालमा सेयर पनि गरेकी छिन् ।त्यही सामाजिक सन्जालमा सेयर गरेको पोस्टमा उनले बताएकी छिन् कि उनले छोरीलाई पानीभित्र जन्माएकी हुन् । ब्रुनाले पतिसँगको एउटा फोटो पनि सेयर गरेकी छिन् । अनि लेखेकी छिन्, ‘मैले गर्भवती हुनुभन्दा पहिले नै यो सोचेकी थिएँ कि आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकूँ । म चाहन्थेँ मेरो बच्चा यो दुनियाँमा कुनै औषधिको सहयोगले होइन, प्राकृतिक रुपमा आउन सकोस् । म एउटा शान्त ठाउँ खोजिरहेकी थिएँ ।’उनले थपेकी छिन्, ‘म पानीभित्र बच्चालाई जन्माउँदा मलाई माया गर्नेमात्र त्यहाँ हुन् भन्ने पनि चाहन्थेँ । मलाई आज भाग्यमानी महसुस भएको छ कि मलाई यो सब कुरा मिलेको छ ।’उनले इन्स्टाग्राममा सेयर गरेको फोटोमा लेखेकी छिन्, ‘मैले मेरो बच्चालाई तातो पानीभित्र मेरो पति, आमा तथा डाक्टरको सहयोगले जन्माएँ । मैले जे चाहेकी थिएँ, त्यही भयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार