पछिल्लो समय लोक दोहोरि गीतमा मौलिकता र संस्कृति झल्कने गीतले राम्रै स्थान पाउदै आएकोछ ।यहि भिडमा गोर्खाली चर्चित गायिका एलिना गुरुङ र पृथ्वी गुरुङ्गकाे झ्याउरे गित ‘चेपेको दोभान’ बजारमा आएको हाे ।
लय संगीत गायक गुरुङको रहेको उक्त गीतमा जिजु गुरुंगले एरेन्ज गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेका भिडियोमा विजय लामाले छायानाकन गरेका हुन् ।गायक गायिका स्वयम्ले अभिनय गरेको भिडीयो निक्कै रमाइलो र आकर्षक देखीएको छ ।
गाउघरमा बसिने रोधिलाई जस्ताको तस्तै पर्दामा उतारेर सबैको मन मुटुमा बस्न सफल छ । केहि समय अगाडि मात्र गायिका एलिना र नेपाल आइडल सागर आलेको स्वरमा एक सालैजो गीतले बजारमा राम्रो चर्चा कमाएको थियो ।