विद्या भट्टराईले लिइन् सांसदको सपथ

पोखरा ः कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन्। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन्।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत  र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार