चितवन ः चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र मःम बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसुले बताए।
आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ठेला पसलको व्यवस्थापन अर्जुन भुसालले गर्नेछन्। कतारबाट फर्केका चितवनका विनोद रानाभाटले ठेला पसलमा फलफूल र पानी बिक्री गर्छन्।
‘रंगशाला–ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ। ठेलाबाट धेरै पैसा संकलन हुने अपेक्षा भने नभएको धुर्मुसले बताए।