टुटल र पठाओलाई बन्द गर्ने अन्तरिम आदेश दिन उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं-  टुटल र पठाओको सञ्चालन रोक्नका लागि ट्याक्सी व्यवसायीको मागअनुसार अन्तरिम आदेश जारी गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ। न्यायाधीशहरू प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटी र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल र पठाओको सेवा बन्द गर्न माग गर्दै उच्च अदालतमा रीट हालेका थिए।

सवारीसाधन तथा यातायातसम्बन्धी ऐनअनुसार निजीस्तरमा दर्ता भएका सवारीसाधन सार्वजनिक यात्रुका लागि प्रयोग गर्न नपाइने व्यवस्था टुटल र पठाओले उल्लंघन गरेको उनीहरूको दाबी थियो। तर, उच्च अदालतले अहिले नै टुटल र पठाओलाई बन्द गर्नु नपर्ने तथा अन्तिम सुनुवाइपछि मात्रै यससम्बन्धी निर्णय गर्ने आदेश गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार