महिलाबारे बाराक ओबामाको रोचक टिप्पणी

सिंगापुर – अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वका सबै राष्ट्रको नेतृत्व महिलाले गरे जीवनशैली उकासिने र परिणाम नै राम्रो हुने बताउनु भएको छ।  ‘महिलाहरु उत्तम छैनन्, तर निर्विवाद रुपमा पुरुषभन्दा राम्रा छन्’ उहाँले सोमबार सिङ्गापुरमा भएको एक कार्यक्रममा बोल्दै भन्नुभयो ।

त्यस्तै धेरैजसो समस्या पुराना मान्छे र सत्तामा भएका पुरुषले गर्दा उत्पन्न हुने उहाको भनाइ छ । फेरि राजनीतिक नेतृत्वमा जानेबारे प्रश्न गर्दा उहाँले समय आएपछि नै आफू पछि हटेको उल्लेख  गर्नुभयो ।

‘विश्वलाई हेर्ने हो भने प्राय समस्या पुराना मान्छेहरु सत्तामा हुनाले हो’ उहाँले भन्नुभयो , ‘प्राय पुराना मान्छे राजनीतिक बाटोबाट नहट्दा समस्या हुन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार