प्रधानमन्त्री ओलीद्वारा दुई प्रतिभावान कलाकार गुमाएको भन्दै दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको बीचमा दुई प्रतिभावान कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री आलीले ट्विटर मार्फत कलाकारद्धयप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे  परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’कलाकार दीपक क्षत्रीको निधन भएको भोलिपल्ट अर्का कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको  निधन भएको हो ।

शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।  करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराईको गएराती निधन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार