जलवायु सम्मेलन सम्पन्न

जलवायु परिवर्तन सम्बन्धि पक्ष राष्ट्रहरुको २५ औँ सम्मेलन विश्वव्यापी रुपमा भइरहेको कार्बन उत्सर्जन कम गर्ने सम्बन्धी प्रयास बृद्धि गर्ने बुँदामा सहमती भएसँगै सम्पन्न भएको छ । स्पेनको म्याड्रिडमा सम्पन्न बैठक, संयुक्त राष्ट्रसंघको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेर सकिएको हो ।
स्पेनको मड्रिडमा दक्षिण अमेरिकी देश चिलीको अध्यक्षतामा आयोजित संयुक्त राष्ट्रसंघीय जवलायु सम्मेलनमा प्रस्ताव गरिएको महत्वकांक्षी सम्झौतामा सहमति जुट्न नसक्दा वार्ता लम्बिएको थियो । बैठकमा सहभनागी प्रतिनिधिहरुले ‘कम्प्रोमाइज डिल’ गरेर सम्मेलन टुंग्याएका हुन् ।
विश्वका सबै देशले आउने वर्ष स्कटल्याण्डको ग्लासगोमा हुने २६ औँ सम्मेलन सम्ममा आफ्नो नयाँ जलवायु प्रतिबद्धता प्रस्तुत गर्न सक्नुपर्नेछ । कार्बन बजारसहितका उच्च विवादित विषयहरु भने आउँदो सम्मेलनसम्मका लागि बाँकी राखिएको छ ।
कार्बन उत्सर्जन सन् २०२० को अन्त्यसम्म रोक्ने सम्बन्धी नयाँ सम्झौतामा सहमति जुटाउन निकै सकस परेको बिबिसीको खबरमा उल्लेख छ ।
अर्को जलवायु सम्मेलन सन् २०२० को नोभेम्बर ९ देखी २० तारिखसम्म स्कटल्याण्डको ग्लासगोमा हुनेछ । युरोपियन युनियन तथा साना आइल्याण्ड राज्यहरु जो जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिममा छन्, उनीहरुले कार्बन उत्सर्जन कम गर्ने सम्बन्धमा बलियो प्रतिबद्धताका लागि जोड दिएका थिए ।

तर अमेरिका, ब्राजिल र भारतसहितका देशले जलवायु परिवर्तनका सम्बन्धमा अहिले कायम रहेका आफ्ना योजनाहरुमा कुनै परिवर्तनको खाँचो नरहेको बताए । यी देशहरु विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशमा पर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार