नेकपा स्थायी कमिटी बैठकः प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन पेश, भोलि फेरी बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गर्नुभएको छ । भोलि बिहान ११ बजे फेरि बस्ने गरी आजको बैठक सकिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिनुभयो ।

नेकपाले एक वर्षपछि स्थायी कमिटी बैठक डाकेको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भने अनुपस्थित हुनुभएको थियो ।

यसअघि आजै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार