‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सेल्फी किङ्ग’को गीत सार्वजनिक गरिएकाने छ । अभिनेता वीपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फीकिङ्ग’ले पोष्टर र टिजरपछी गीत सार्वजनिक गरेको हो । ‘जाली रुमाल’बोलको गीतमा बि पाण्डेको शब्द छ भने सुभाष भुषालको संगीत रहेको छ र अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

सार्वजनिक लोक शैलीको गीतमा वीपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ वीपिन हाँस्य कलाकारको रुपमा उपस्थितछन् ।

‘सेल्फी किङ्ग’मा परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार