काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर गणेश खनालले जानकारी दिए ।
सनाखत भएका मृतकहरुको नामावली
१. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ
२. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ
३. दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ
४. दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ
५. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ
६. भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत
घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खनालले बताए । इन्सपेक्टर खनालका अनुसार धुलिखेल अस्पतालमा २, हेम्स अस्पतालमा ६, केएमसीमा १, सिन्ध सदावहार अस्पताल खाडीचौरमा १ र बाँकी ७ जना बाटोमै रहेका छन् ।