सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा बस दुर्घटनामा हुँदा १४ जनाको मृत्यु भएको छ । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस दुर्घटनामा परेको हो ।
बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।
उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उहाँको भनाइ छ । बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो ।