विद्युत खपत १५ प्रतिशतले वृद्धि

काठमाडौं। पछिल्लो तीन महिनामा मुलुकको विद्युत खपत झन्डै १५ प्रतिशतले वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत उपलब्धता प्रसस्त भएको भन्दै खपत वृद्धि गर्न आग्रह गरिरहेको बेला अर्थ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा विद्युत उपभोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८ प्रतिशतले बढेर १८८३.५ गिगावाट घण्टा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो उपभोग १६४१.१ गिगावाट घण्टा रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार