काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन बर्ष २०२० लाई भव्य रुपमा सम्पन्न गर्नका लागि सबै प्रकारको तयारीमा केन्द्रिय सरकार जुटेको बताएका छन् ।
प्रदेश नंवर १ को प्रदेशस्तरीय पर्यटन प्रवद्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको भिजिट नेपाल २०२० प्रवद्र्धन समन्वय गोष्ठिमा उनले केन्द्र सरकार पूर्वाधार निर्माणदेखि अन्य तयारीमा सरकार जुटेको बताएको हो ।
मन्त्री भट्टराईले देशका बिमानस्थलको विस्तार गर्ने, अन्तरप्रदेश हवाइ यात्राका लागि प्रोत्साहन गर्ने लगायतका कार्यक्रमले निरन्तरता पाउने बताए । अव कुनै पहाडमा हुने हवाइ उठान प्रदेशबाटै हुनुपर्ने गरि व्यवस्था हुने उहाले बताए ।
पर्यटन क्षेत्रले २० प्रतिशत जिडिपीलाई योगदान गर्न सक्ने भएकाले यस क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको जिकिर गरे । सरकारले पर्यटकका लागि एक दशक भन्ने लक्ष्यका साथ अघि बढुनुपर्ने उनको भनाइ छ । उनले प्रदेश नम्बर १ लगाएतका प्रदेशमा आगामी दुईबर्षभित्र केहि नौलो पर्यटकिय योजना बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश १ को पर्यटकिय गन्तव्यहरुको बृत्तचित्र प्रर्दशनी गरिएको थियो भने प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले पर्यटकिय क्षेत्रमा रहेका बिभिन्न व्यक्तिहरुलाई पर्यटन सद्भाव दूत मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।