टिपिकल नेपाली फ्लेभरको गीतले फिल्मभित्रको एक प्लटमा जोडिने युवा क्लबको बार्षिक उत्सवको अबसरमा आयोजित नृत्यलाई बोलेको छ । जहाँ दर्जन बराबर कोरससहित केकीले नृत्य गरेकी छिन् । स्वर अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको रहँदा बी पाण्डेको शब्दमा संगीत सुवास भुषालले भरेका छन् ।
सुभास थापा र दिनेश राउतको निर्माणमा बनेको फिल्ममा विशाल सापकोटाको निर्देशन छ । विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, वालदीप राई, अमितेश शाह, इन्द्र दोङ लामा, कमल देवकोटा लगायत अभिनयमा छन् । जीवन थापाको सम्पादन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।