पोखरामा औद्योगिक व्यापार मेला हुने

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो ।

मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लागानीको सम्बद्र्धन– उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने मेलाबाट गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी प्रदेशको व्यवसाय विस्तारको सम्भावना खोजी गर्ने उद्देश्य लिइएको छ ।

मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । मेलामा विभिन्न होमस्टेहरुको समेत सहभागिता हुने भएकाले पर्यटकीय गन्तव्यहरुका बारेमा समेत जानकारी पाउन सकिनेछ । मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार