विहीबार सार्वजनिक विदा छैन गृह

काठमाडौ। आज २६ गते विहीबार सार्वजनिक विदा नरहेको गृहमन्त्रालयले जनाएको छ । केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा धेरैमा विदाबारे अन्यौल भएको सन्दर्भमा गृहमन्त्रालयले सो कुरा स्पष्ट गराएको हो ।

गृहमन्त्रालयले सूचना विभागले सर्वाजनिक गरेको क्यालेण्डरमा उल्लेख भएका बाहेक अन्य कुनै सार्वजनिक विदा दिने निर्णय नभएको स्पष्ट गरेको छ । सूचना विभागको क्यालेण्डरमा २६ गते योमरी पुन्हि, किरात राई याख्या, सुनार, लिम्बु,जातिको उद्यौली पर्व सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने उल्लेख गरेको छ ।

विगतमा सो पर्वमा सार्वजनिक विदा दिने गरे पनि अहिले सम्बन्धित धर्म र संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने रहेको छ ।
गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार