भिडियो बनाएर गाउँ चिनाउने मौका

काठमाडौं । पर्यटकीय दृष्टिकोणले नेपाललाई सम्भावना बोकेको मुलुक मानिन्छ । प्राकृतिक सुन्दरताका हिसाबले होस् वा साँस्कृतिक सम्पदाका हिसाबले पर्यटक लोभ्याउन सक्ने आधारहरु हामीसँग थुप्रै छन् । बहुल भाषा, धर्म, संस्कृति र रितिरिवाजका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक लोभिन्छन् । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस्ता कतिपय कुरा लोप हुने खतरामा छन् भने केहीको अहिलेसम्म जगेर्ना भइरहेको पाइन्छ ।

यस्तै विषयहरुलाई उजागर गर्ने उद्देश्यका साथ हामी उठ्ने छौं फाउण्डेसनले भिडियो प्रतियोगिता गर्दै आएको छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम दिईएको भिडियो प्रतियोगिताको पहिलो संस्करणको उपलब्धी र दोश्रो संस्करणको तयारीका विषयमा करिश्मा के.सीले फाउण्डेशनका संंस्थापक अध्यक्ष एवं प्रतियोगिताका संयोजक निर्मल श्रेष्ठ गर्नुभएको कुराकानी ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिताको पहिलो संस्करणको उपलब्धि कस्तो रह्यो ?
समग्रमा भन्नुपर्दा पहिलो संस्करण, एकदमै राम्रो भयो । त्यसै कारण हामी दोस्रो संस्करण गर्न उत्साहीत छौं । पर्यटकलाई आर्कषण गर्ने ठाउँ, पर्व संस्कृति, रितीरीवाजहरु ओझेलमा परिरहेको जस्तो लाग्छ भने भिडियो बनाएर पठाउन हामीले आह्वान गरेका थियौं । त्यसै क्रममा हामीलाई पहीलो संस्करणमा सातै प्रदेशबाट १ सय ३२ वटा भिडियोहरु प्राप्त भए । त्यो भिडियोहरु मध्ये उत्कृष्ट भिडियोहरु अहीले पनि नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ । यसकारण आफ्नो गाउँ ठाउँलाई आफँैले प्रबद्र्धन गर्नुपर्छ है भन्ने शिलशिलामा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने लाग्छ ।

गाउँ चिनाउने अभियानले कुन कुन गाउँ चिनाउन सफल भयो त ?
ठ्याक्कै भन्नुपर्दा पहिलो संस्करणमा नुवाकोटको सिङ्ला भन्ने गाउँको भिडियो आएको थियो । जुन यति सुन्दर रहेछ । तर, काठमाण्डौंबाट नजिक भएर पनि हामीले सुनेकै थिएनौं । जसले चाहीँ २०१९ को प्रतियोगीतामा बिजेता भएको थियो । त्यस्तै राइनास भन्ने लमजुङ्को होमस्टेलाई पछिल्लो समय देशकै उत्कृष्ट होमस्टे भनेर घोषणा गरिएको छ । यो हाम्रो कार्यक्रम पछि नै भएको हो । यसकारण हाम्रो कार्यक्रममा तेस्रो भएको भिडियोको कारणले पनि त्यो भूमीका खेल्यो भन्ने लाग्छ ।

त्यस्तै अर्को भिडियो सोलु दुधकुण्डको थियो । दुधकुण्ड पनि पर्यटकीय थलो भनेर चिनिएको तर उहाँहरुले भिडियो बनाएर बाहीर ल्याउनुभयो । यो त एउटा प्रतिनीधि भिडियोहरु मात्र भए यस्ता थुप्रै भिडियोहरु छन् जसले हाम्रो नेपाल भित्र रहेका विभीन्न गाउँठाउँलाई चिनाउन र त्यस ठाउँको महत्वलाई उजागर गर्न ठूलो भूमिका खेलेको छ भन्ने लाग्छ । एकैचोटीमा एकै वर्षमा सबै चिज हुन्छ भन्ने होइन तर पनि केही न केही भूमिका पक्कै खेलेको छ ।

जुन भिडियोले प्रतियोगिता जित्यो तिनीहरूको प्रतिक्रिया कस्तो आयो ?
एकदमै राम्रो आयो । यसमा एउटा एकदमै रमाइलो पक्ष के रहेको छ भने प्रतियोगीमा बिजेता हुनुभएको मात्र नभएर जति पनि प्रतियोगीहरु सहभागी हुनुभएको थियो ती प्रतियोगीहरु कोही पनि व्यवसायीक डकुमेन्ट्री मेकर हुनुहुन्न थियो । यसमा सामान्य रुची भएका त हुनुहुन्थ्यो तर व्यवसायीक रुपमा डकुमेन्ट्री मेकरहरुको सहभागीता भने थिएन । त्यो हुँदाहुदै पनि उहाँहरुले आफ्नो किसीमले भिडियो बनाएर पठाउनुभयो । उहाँहरुले गर्नु भएको यो प्रयास सह्रानीय छ ।

प्रतियोगिताको विजयीमा टिभि रिपोर्टर अनि पत्रकार बढी भए भन्ने पनि सुनिन्छ । पत्रकारहरु विजयी भए भन्ने कुरामा मैले नाम नै लिएर भन्नुपर्दा गोरखाका पत्रकार भिमलाल श्रेष्ठ हुनुहुन्थ्यो ।पत्रकारहरुको व्यवसायिकता भनेको पत्रकारिता हो । उहाँहरु व्यवसायिक वृत्तचित्र निर्माता होइन । नौलो विषयवस्तु जसले गाउँ ठाउँ, रितिरिवाजबारे जानकारी दिन्छ भने त्यस्ता भिडियोको सहभागिता हुनु नराम्रो होईन । पत्रकारले चाहिँ भाग लिनै नपाउने भन्ने पनि छैन । किनभने यसभन्दा अगाडिको संस्करणमा पनि उहाँहरुले सहभागीता जनाउनु भएको थियो ।

भिडियोको प्रभाव कस्तो देखियो, पर्यटक वृद्धिमा साँच्चिकै सहयोग गर्यो त ?
हाम्रो यस कार्यक्रमले कति पर्यटक वृद्धी ग¥यो गरेन भन्ने कुराको मापन ठ्याक्कै हामीले गर्ने भन्दा पनि सम्बन्धित निकायले गर्ने कुरा भयो । हाम्रो उद्देश्य भनको मात्र कहाँ कस्तो जिच छ भनेर देखाउने र लुकेका चिजहरुलाई बाहीर ल्याउने मात्र प्रयास मात्र हो । हाम्रो गाउँ ठाउँबारे हामीलाई थाहा हुनुप¥यो र माया जगाउनु प¥यो अनि मात्र बाहीरसम्म फैलाउन र चिनाउन सकिन्छ ।

पहिलो संकरण र यसमा केही फरक छ ?
पहिलो संस्करण र अहीलेमा त्यती धेरै त होइन तर केही केही फरक भने गर्ने कोसीसमा छौं । किनभने भने पहिलो संस्करण गर्दा हामी पनि त्यति अनुभवी थिएनौं । कामले काम सिकाउँदो रहेछ । जसकारण हामीले यस संस्करणमा भाग लिने प्रतियोगीहरुको प्रयासलाई आत्मसम्मान गर्दै विजेताहरुलाई पहिले भन्दा अहीले पुरस्कार राशी बढाएको छौं । पहिले जम्मा एक लाख पुरस्कार थियो भने अहीले न्युनतम पनि हामीले एक लाख पुरस्कार राशी राखेका छौं । साथै अहीलेको संस्करणमा चाहीं हामीले भिडियो बनाउँदा कपी राइटमा अली बढी ध्यान दिएका छौं । त्यसकारण पनि प्रतियोगीहरुले भिडियो बनाउँदा यसमा चाहीं ध्यान दिनुहोला ।

प्रतियोगितामा भाग लिने प्रक्रिया सबैले सजिलै बुझ्ने गरी भनिदिनुस न ?
प्रतियोगीतामा भाग लिन एकदम सजिलो छ । हाम्रो वेभसाइट ww.wwrf.org.np मा जाने बित्तीकै एउटा फर्म छ त्यो इन्ट्री फर्म सबमीट गरी भिडियो बनाएर गुगल ड्राइभ अर्थात वुइ ट्रान्सफरमा अपलोड गरेर हामीलाई लिंक पठाउनुपर्ने हुन्छ ।

अब वर्षेनी यस्तो प्रतियोगिता गर्ने योजना हो ?
हजुर हो । यही योजना अनुरुप नै हामी अहीले दास्रो संस्करण छौं । अब आगामी हरेक वर्ष हामी यस कार्यक्रमलाई निरन्तरता दिने छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार