भ्रष्टाचार विरुद्ध शैली थिएटर

काठमाण्डौं- भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर शैली थिएटरले काठमाडौमा सडक नाटक मंञ्चन गरेको छ । हरेक वर्ष डिसेम्बर ९ तारिकका दिन यो दिवस मनाउने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
दिवसका अबसर पारी संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गर्ने उद्देश्यका साथ शैली थिएटरले सडक नाटक मंञ्चन गरेको हो । नाटकमा सुवास सुवेदी, सृष्टि आचार्य, सगुन पोख्रेल, देबेन्द्र बब्लु, विशाल घिमिरे, रबिन तामाङ, डेनि भट्ट, सम्भब सुवेदी र निर्भिक भट्टराईले अभिनय गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार