पहिलो सातानै उपसभामुखलाई राजीनामा दिन लगाउने नेकपाको तयारी

काठमाण्डौं  – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन लगाउने तयारी गरेको छ। संसद अधिवेशन सुरू हुनुअगाडि नै उपसभामुखलाई राजीनामा गराउने तयारी नेकपाले गरेको हो।संसदको हिउँदे अधिवशेन पुस ४ गते बोलाइएको छ। सभामुख पद रिक्त रहेकाले सभामुख पद लिन उपसभामुखले राजीनामा दिनुपर्छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने संवैधानिक व्यवस्था छ।

‘उपसभामुखले सभामुखलाई संवोधन गरेर राजीनामा दिन सक्नुहुन्छ। यसका लागि उहाँले पुस ४ अगाडि नै राजीनामा गरिसक्नुपर्छ,’ नेकपाका एक नेताले सेतोपाटीसँग भने,’अधिवशेन सुरू भएको दिनको बैठक नै जेष्ठ सदस्यले सुचारू गराउनुहुन्छ। त्यही बैठकमा उपसभामुखको राजीनामा स्वीकृत हुन्छ।’

निर्वाचनको प्रक्रिया त्यही दिनदेखि सुरू हुने ती नेताले बताए।उपभामुख शिवमाया तुम्बाहाङफेले भने आफूले राजीनामा दिने निश्चित भएपनि त्यसको मिति तय नभइसकेको बताइन्।’पहिलो बैठकको आयोजना मैले गर्न पनि सक्छु नगर्न पनि सक्छु,’ उनले भनिन्,’सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने र मैले राजीनामा दिने एकैचोटी पनि हुनसक्छ।’

निर्वाचनको प्रक्रियाबारे छलफल गर्न आफुले पुस ४ अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेको उनले बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार