लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन

काठमाण्डौं –“समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता” भन्ने मूल नाराका साथ सुरु भएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको आज समापन हुदै छ ।प्रत्येक वर्ष महिला हिंसा अन्त्यको दिवस पारेर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाउनसुरु गरीएको हो ।
अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइने हुनाले यसलाई लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान भनिएको हो ।
देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केनि्द्रत बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराई सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै विश्वमा भने “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” भन्ने नाराका साथ अन्तर्राि्ष्ट्रय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ ।
लिंगका आधारमा मान्छेमाथि हुने सबैखाले हिंसा विरुद्ध हरेक वर्ष अन्तर्राि्ष्ट्रयस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ ।
प्रत्येक वर्ष यो अभियान विविध कार्यक्रम सहित मनाएपनि महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार