अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै

काठमाण्डौं-आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस , विभीन्न कार्यक्रम गरी संसारभर मनाईदैछ । हरेक वर्ष डिसेम्बर ९ तारिकका दिन यो दिवस मनाउने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसा बिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ ।
अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै विकासको बाटो तर्फ अघि बढ्न सकिने बिज्ञहरुले सुझाएका छन् ।
नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
भ्रष्टाचार आज भोली संसारभरि एउटा साझा समस्याका रुपमा बढीरहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतीक अनि वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने गर्दछ ।
नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ ।
संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।
कानूनले गरेका प्रावधान भन्दापनि हामीभित्र रहेको सोंचाई भ्रष्टाचार विरुद्ध अगाडी बढ्नका लागि जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार