काठमाडौं । साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुराँहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ ।
यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको थियो ।
तर अब भने अन्य सर्वसाधारण सरह महिलाले जुनसुकै ढोकाबाट होटल तथा रेष्टुराँमा प्रवेश गर्न पाउने भएका छन् ।
दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको अधिकारीहरुले जनाएका छन् ।
यसअघि साउदीमा श्रीमान वा परिवारका सदस्यबाहेक अन्यसँग होटल तथा रेष्टुराँमा जान महिलालाई कडाइ गरिएको थियो ।
नगरपालिका तथा ग्रामिण मन्त्रालयले महिलामाथि लगाइएका प्रतिवन्धहरु हटाइको जनाएको छ ।
साउदी अरबमा पछिल्लो समय धार्मिक मान्यता अनुसार महिलामाथि लगाइएका विभिन्न प्रतिवन्धहरु फुकुवा गर्न थालिएको छ ।
यअसघि साउदी सरकारले महिलालाई मताधिकार प्रयोग गर्न पाउने र सवारी चालक अनुमति पत्र लिन पाउने व्यवस्था गरिसकेको छ ।
तर सरकारको उक्त कदमको कतिपय धार्मिक र कट्टरपन्थी नेताहरुले बिरोध गरेका छन् ।
उनीहरुले धार्मिक मान्यताविपरीत महिलालाई स्वतन्त्रता प्रदान गरेको भन्दै असहमति जनाउँदै आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)