उत्तर कोरियाले आइतबार महत्वपूर्ण परीक्षण गरेको जनाएको छ ।उत्तर कोरियाको परमाणु परीक्षण केन्द्रबाट अति महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
साथै यो परमाणुले देशको रणनीतिक हैसियत वृद्धिका लागि उपयोगी सावित हुने पनि जनाएको छ । अमेरिकासँगको वार्ताको ढोका बन्द भएको केही समयपछि उत्तर कोरियाले यो परीक्षण गरेको हो ।
संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली दूत किम सोङ्गले एक वक्तव्य जारी गरी अमेरिकासँग वार्ता गर्नु जरुरी नभएको भन्दै बार्ताको खाँचो उत्तर कोरियालाई भन्दा अमेरिकालाई पर्ने बताएका छन् ।
परमाणु निःशस्त्रीकरण वार्ताको सूचिबाट यसअघि नै हटिसकेको बताउँदै उनले उत्तर कोरियाले परमाणु प्रक्षेपण कार्य कुनै पनि हालतमा नरोक्ने दाबी समेत गरे ।
उत्तर कोरियाले अमेरिका सामू बन्द गर्ने भनिएको सोय सेटेलाइट सेन्टरबाटनै परमाणु प्रक्षेपण गरेको हो । एजेन्सी