चितवनमा अटो दुर्घटना : मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान

काठमाडौँ – चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । चितवन प्रहरीका अनुसार पर्वत कुस्मा पिपलटारी स्थायी ठेगना भई चितवन खैरहनी नगरपालिका–८ का ३५ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ की मीना खड्का र सोही वडा रसौलीकी माया तमाङको सनाखत भएको हो ।

उपचारका क्रममा तिवारी, भण्डारी र खड्काको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो । तमाङको भरतपुरकै सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अन्दाजी ४० वर्षकी एक महिलाको भने नाम, थर ठेगाना खुल्न बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । पाँचै शव भरतपुर अस्पतालको शवगृहमा छन् ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खसेको हो । तीव्र गतिका कारण अटो सडकबाट खसेर दुर्घटना भएको प्रहरीको अनुमान छ। अटोमा खाना पकाउने समानहरू भेटिएकाले पिकनिक गएर फर्केको टोली दुर्घटनामा परेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार