खोटाङ : दुई ओटा रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० विजुलेमा को २ ह ८३४६ र प्र–२–०१–००१ ह ००६७ नम्बरको आटो दर्घटना भएको स्थानीय छत्र पुरीले जानकारी दिनुभयो ।
अटो दुर्घटना हुँदा को २ ह ८३४६ का चालक दिक्तेलका अन्दाजी २८ बर्षिय टंक बहादुर दाहालको घटनास्थलमै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब पौने तीन बजे नुनथलाबाट सर्विसिङ गरेर दित्तेल जादै गरेको दुईवटै अटो सडकमै पल्टिएको थियो । तिब्र गतिका कारण दुर्घटना हुनसक्ने अनुमान गरिएको छ ।