सिद्धबाबालाई ७ दिन हिरासतमा राख्न अनुमति

सुनसरी । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले ७ दिन म्याद थप गरेको छ । अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार