५ महिनापछि प्रचण्ड– देउवाबीच आधा घण्टा वार्ता

काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब ५ महिनापछि भेटवार्ता भएको छ । यसअघि असार १२ गते विहीबार प्रचण्ड र देउवाबीच ललितपुरको कुपन्डोलस्थित होटल समिटमा ‘वान टू वान’ भेटवार्ता भएको थियो । पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको १५ दिनपछि बिहीबार नै प्रचण्ड देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।

प्रचण्डसँग भेटवार्ता तय भएपछि देउवाले उक्त भेटवार्तामा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई पनि बोलाएका थिए । लेखकले भने, ‘प्रचण्डजी बूढानीलकण्ठमा करिब आधा घण्टा मात्र बस्नु भएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र प्रचण्डजीलाई कार्यकारी अध्यक्ष भएकोमा बधाइ दिने कुरामा वार्ता टुंगिएको हो । अनावश्यक शंका वा अनुमानका भरमा मिडियामा समाचार आइरहेका छन् ।’

सुदूरपश्चिम प्रदेश सरकारको वित्त सम्मेलनमा सहभागी हुन धनगढी जाने तायरीमा रहेको पनि दाहालले देउवालाई सुनाएका थिए । देउवाले प्रचण्डलाई शुभयात्राको कामनासमेत गरेका थिए । कार्यकारी अध्यक्षको पाएपछि प्रचण्डले आन्तरिक तथा बाह्य भेटघाट र देश दौडाहालाई तीव्रता दिएका छन् । सोही अनुसार प्रचण्ड देउवा कहाँ भेटन पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार