प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
त्यसपछि उनलाई आइसियुमा राखिएको थियो। १० दिन अस्पताल बस्दा प्रधानमन्त्री ओलीको उपचार खर्च २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको अस्पताल स्रोतले जनाएको छ। प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।