सुडानमा सिलिन्डर विष्फोट, २३ जनाको मृत्यु

अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन् ।

भारतीय विदेशमन्त्री एस।जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए । घटनाको भएको बेला ५३ जना भारतीय कामदार कारखाना तथा आवास क्षेत्रमा रहेको बताइएको छ । विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् ।

एजेन्सी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार